

काठमाडौं । एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको छ । पराजुलीको नाम काठमाडौं क्षेत्र नम्बर ५ बाट सिफारिस गरिएको हो । उनी समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ ।
यस्तै प्रदेशतर्फ ५(क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, राजाराम भण्डारीलगायतको नाम सिफारिस रहेको छ । सत्ता गठबन्धनभित्र रहने भागबण्डामा समाजवादीले काठमाडौंका कम्तिमा २ संघीय क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ । जसमा क्षेत्र नम्बर ५ मा समाजवादीको दाबी रहने पराजुलीले बताए । सोही क्षेत्रबाट यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यो पटक पनि पोखरेल नै एमालेको उम्मेदवार हुने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७