TRENDING

प्रि ओपन सेसनमा नेप्से स्थिर

काठमाडौं । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब स्थिर रहेको छ ।अघिल्लो कारोबारको दिन मंगलबार १.८५ अंक बढेर २०५४.९८ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.०१ अंक बढेर २०५४.९९ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ । बुधबार प्रि ओपन सेसनमा ७ स्टकको १ लाख ४८ हजार ५६५ रुपैयाँ बराबरको ३३५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ ।