TRENDING

बुधबार सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैंया तोकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैंयाले बढेर १ हजार १६५ रुपैंयामा कारोबार भएको छ ।