
चितवन । चितवानमा बन्दकर्ताले ६ वटा सवारीसाधन माथी तोडफोड गरेका छन् । बन्दमा सवारी चलाको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेको हो । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन ।
प्रदेश ३–०–०१क०३१२ नं को कार, ना८ख४२५९ नं को बस, ना५ख २२६३ नं को ट्रक, ना५ख १४३१ नं को बस, ना४ख ८३२५ नं को ट्रक, प्रदेश२–०–३–००१ख००९८ नं को बसमा ढुङ्गाले हानेर सिसा फोडेका छन्। प्रहरीका अनुसार सामान्य क्षति भएको छ।
सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। तोडफोडमा संलग्न रहेको आशंकामा ५ जना बन्दकर्ता र ४ थान मोटरसाइकल नियन्त्रणमा लिएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए। भरतपुर महानगरपालिका वडा नम्बर २३ का अमित घिसिङ , ९ का राजनबाबु सिंह , ७ का सुरज शर्मा र सुदिप पौडेल र भरतपुर २ का गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।
भरतपुरमा बन्दको प्रभाव खासै परेको छैन। सवारी साधन निर्वाध रुपमा चलेका छन । मानिसहरु त्रसित भएर बिहान कम सवारी चले पनि अहिले सवारी साधन गुड्न थालेका छन । चितवनका मुख्य बजार खुलेका छन ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७