

बैतडी। आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो । पहिलो दिन टेबलटेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला÷पुरुष) छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला/पुरुष), उस्सु फुल कन्टयाक्ट कराते (महिला/पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ ।
यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला/पुरुष), एथलेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।
छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७