गोरखा । बारपाक सुलिकोट गाउँपालिका–६ स्थित ताकुकोटमा सुविधा सम्पन्न बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । करिब रु एक करोड २२ लाखको लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
सभाहल निर्माणका लागि सिराइचुली निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । “आउँदो जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको हो”, प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, “तोकिएका समयमा निर्माण सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिएका छौं । ” प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा हल निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले बिहीबार सभाहलको शिलान्यास गर्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले तोकिएको समयमा निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले विकास निर्माणको काममा कसैले आलटाल गर्न नहुने बताउनुभयो । सुविधा सम्पन्न सभाहल नहुँदा विभिन्न खालका कार्यक्रम, सेमिनार, गोष्ठीलगायत सञ्चालन गर्न समस्या हुँदै आएको छ ।
मुख्य समाचारबाट थप समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै
आज मेघगर्जनसहित वर्षाको सम्भावना
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
कांग्रेस संसदीय दलको बैठक बस्दै
आज मेघगर्जनसहित वर्षाको सम्भावना
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८