

मुगु । हिमाली जिल्ला मुगु र हुम्लामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । ज्वरो आउने‚ टाउको दुख्नेजस्ता लक्षण भएका बिमारीलाई एन्टिजेन परीक्षण गर्दा मुगुमा ५६ जना र हुम्लामा २४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । चौथो लहरको कोरोना महामारीपछि ३ सय १० जना बिरामीलाई एन्टिजेन परीक्षण गर्दा मुगुमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।
यसैगरी हुम्लामा करिब ४९ जनामा स्वास्थ्य परीक्षण गर्दा २४ जनामा कोरोना देखिएको हुम्ला जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक प्रेमबहादुर सिंहले बताए । कोरोना पुष्टि भएका बिरामीहरूलाई होम आइसोलेसनमा बसेर औषधि उपचार गर्न सुझाव दिइएको छ । मुगुमा अक्सिजनको अभाव नभए पनि हुम्लामा भने अक्सिजनको अभाव देखिएको छ ।
गत वर्ष हेरेन्डेक नामक संस्थाले मुगु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदिएपछि कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउन सहज भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । हुम्लामा मिनी अक्सिजन प्लान्ट अर्थात पाइप लाइनमार्फत बिरामीलाई अक्सिजन दिने व्यवस्था गरिएको छ
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७