TRENDING

जापानमा एकैदिन २ लाखभन्दा बढी कोरोना संक्रमित फेला

एजेन्सी। जापानमा एकैदिन २ लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। जापानमा विहिबार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोरोना संक्रमित फेला परेको विदेशी सञ्चार माध्यमले जनाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्। कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।