TRENDING
होमपेज
बिहीबार सुनको मूल्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले गिरावट आएको छ । बुधवारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम गरिएको छ । बुधवार उक्त सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य बिहीवार प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७