TRENDING

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको ध्यनाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विटक्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्किङ मार्केटिङ्ग तथा हाइपर फण्ड कारोबार नगर्न फेरि ध्यनाकर्षण गराएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्किङ्ग मार्केटिङ्ग तथा हाइपर फण्ड अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेका भन्दै पुनः अवगत गराएको हो । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, कानूनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको बैंकले निष्काशन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको कारोबार गैनकानुनी रहेको छ ।

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्ककिङ मार्केटिङ तथा हाइपर फण्ड को कारोबार गर्ने गराइने गरेको पाइएमा, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्रि बैंकले जनाएको छ ।