TRENDING

अभियान लघुवित्तको आईपीओ बाँडफाँड : कतै तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको उक्त आईपियोमा अन्तिम दिनसम्म २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । यो आवेदन २९ गुणा बढी हो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कार्यालयमा सोमबार बिहान ९ बजे बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट वितरण भएको । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ९१ हजार ३७५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात खाली भएको छ । कम्पनीले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि छुट्याएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

आईपीको नतिजा हेर्नका लागि :

1. कम्पनीको वेबसाइट:  https://www.aviyanlaghubitta.com/

2. बिक्री प्रबन्धको वेबसाइट : https://muktinathcapital.com/

3.  मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

4. सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/