TRENDING

यो साता एक कम्पनीको मात्रै शेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मात्रै शेयर मूल्य समायोजन भएको छ । यो साता नागरिक लगानी कोषको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । कोषले मंगलबार कायम अन्तिम शेयर मूल्य २ हजार ८७९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कोषको शेयर मुल्य २ हजार २१४.६२ कायम भएको छ । कोषले लाभांश तथा साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।