

काठमाडौं। नमुना स्पोर्टस् क्लबको आयोजनामा ललितपुरको गोदावरीमा शुक्रबारदेखि १९औँ संस्करणको दिनेश स्मृति गाईजात्रा कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गोदावरी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा शुक्रबार भएको खेलमा आयोजक नमुना स्पोर्टस् क्लब ‘ए’ले सिर्जनशील युथ क्लबलाई १–० ले पराजित गरेको छ ।
गोदावरी विकास युथ क्लबले नयाँबाटो युथ क्लबलाई २–० ले हरायो । गोदावरी युनाइटेडले प्रहरी एफसीलाई १–० ले पराजित गरेको छ । नवसमकालीन समाजले शान्ति वन युथ क्लबलाई ३–१ ले तथा लाकुर फुटसलले ड्रिमर एफसीलाई २–१ ले पराजित गर्दै अन्तिम आठको स्थान बनाए । टौखेलले गतिशील युथ क्लबलाई पेनाल्टीमा ५–४ ले हरायो । खालीबारी एफसीले आयोजक नमुना ‘बी’लाई पेनाल्टीमै ५–३ ले तथा लास्टआउट खुमलटारले नवसोच युथ क्लबलाई पेनाल्टीमै ५–४ ले निराश पारे । विजेताले १० हजार रुपैयाँ हात पार्नेछ । नकआउटका आधारमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७