

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९९ रुपैयाँ २ पैसा पाइन्छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रुपैयाँ तोकेको छ। युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा पाइन्छ। मंगलबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ९१ पैसा तोकिएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७