TRENDING

सहज जित निकाल्दै डर्टमण्ड डिएफबी पोकलको दोस्रो चरणमा

ऐजेन्सि। बोरुसिया डर्टमण्ड डिएफबी पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ । डर्टमण्ड गए राति तेस्रो श्रेणीको १८६० म्युनिखलाई ३-० ले हराउँदै दोस्रो चरणमा पुगेको हो । डर्टमण्डलाई जित दिलाउन डोनएल मालेन, जुड बेलिङघम र करिम एडिएमीले एक/ एक गोल गरे । खेलको आठौं मिनेटमा मालेनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा बेलिङ्घमले टोलीको अग्रता दोब्बर बनाए ।

३५ औं मिनेटमा करिमले गोल गर्दै डर्टमण्डलाई ३-० को सहज जित दिलाए ।