

मुम्बई। हिन्दी तथा गुजराती टेलिभिजन कार्यक्रम तथा धारावाहिकका लोकप्रिय कलाकार रसिक दवेको ६५ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । किड्नीको समस्याका कारण मुम्बईमा उपचारकै क्रममा उनको निधन भएको बताइन्छ । उनी पछिल्लो १५ दिनदेखि अस्पतालमा भर्नँ भएर उपचार गराइरहेका थिए । टेलिभिजनको क्षेत्रमा दवे एक लोकप्रिय कलाकारको रुपमा स्थापित थिए । उनले संस्कारः धरोहर अपनों की, सीआईडी, कृष्णा जस्ता विभिन्न लोकप्रिय टेलिभिजन कार्यक्रममा काम गरेका थिए । उनले अभिनेत्री केतकी दवेसंग विवाह गरेका थिए ।
केतकी तथा रसिक रियालिटी शो नच बलिएमा पनि सहभागि भएका थिए भने विभिन्न लोकप्रिय कार्यक्रममा समेत देखा परिसकेका थिए । उनले थुप्रै नाटकहरुमा समेत काम गरेका थिए । निर्माता जेडी मजीठियाका अनुसार दवे पछिल्ला केही वर्षदेखि मृगौलाको डाइलासिस गराइरहेका थिए । दुई साताअघि मात्रै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केतकी तथा रसिकका दुई सन्तान रिद्धि तथा अभिषेक छन् । रसिकको शनिवार अन्तिम संस्कार गरिँदैछ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७