

काठमाडौं। साताको पाँचौ कारोबारको दिन पनि शेयर बजार बढेको छ ।अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.८३ अंक बढेर २१११.९९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १५.४४ अंकले बढेर २१२७.४२ को बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन्। यस दिन बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशत र समृद्धि फाइनान्सको ७.९६ प्रतिशतले बढेको छ।
यता राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशतले घटेको छ भने बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशत, ग्रिन भेन्चर्सको ३.८४ प्रतिशत र महुली लघुवित्तको २.६३ प्रतिशतले घटेको छ। बिहीबार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँ, अपर तामाकोशीको १४ करोड १७ लाख रुपैयाँ, अपी पावरको १३ करोड ४८ लाख रुपैयाँ र नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७