TRENDING

बिहिबार सुचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुचाँदीको मूल्य उकाले लागेको छ । केहि दिनयता घटदै आएको सुन बिहीबार पुनः बढेको छ । बिहीबार सुन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ भने चाँदी ११ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ बुधबारको तुलनामा ३० रुपैयाले बढेको हो ।