

नवलपरासी। भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो ।
नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउने गरेको पाइएको प्रहरी उपरीक्षक महर्जनले बताउनुभयो । नवलपुरमा एकमात्रै त्रिवेणी नाका छ । अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो ।
प्रहरीलेको गस्तीका क्रममा भन्सार नतिरी नेपाल भित्र्याइएका ५९५ थान मोबाइल, कपडा, पाटपुर्जा, किरानाका सामान, युरिया मल, चिनी, भाँडावर्तनलगायतका सामग्री बरामद गरी भन्सार चलान गरी राजस्व असुल गरेको हो । प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४४४ साधनका चालकलाई कारबाही गरेको छ । जरिवानावापत रु ७९ लाख राजस्व असुल गरिएको महर्जनले बताउनुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७