TRENDING
होमपेज
आर्थिक अनियमितता गरेको भन्दै डा चौरसियालाई राज्यमन्त्रीको पत्र


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि आज पत्र काट्नु भएको छ । औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो ।
पत्रमा डा चौरसियाले रु १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, रु ५० लाखको लेनदेनको सरुवा गरेको, रु पाँच करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७