TRENDING

यस्तो छ, ज्योति लाइफको नयाँ बोनस दर

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट श्रावण ६ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७र७८ को बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योती एजी पे जिवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारको छ:

62df494089e19.jpg