TRENDING

सोमबार ५४ अकंले बढ्यो शेयर बजार

काठमाडौं। नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजार उकालो लाग्न थालेको छ। आइतबार ६१.०५ अङ्कले वृद्धि भएको नेप्से सोमबार ५४.४५ अकंले बढेर दुई हजार १३२.९६ बिन्दुमा पुगेको छ। यो आइतबारको तुलनामा २.६२ प्रतिशतले वृद्धि हो। त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले बढेर ४०७.३८ मा पुगेको छ। आइतबारको तुलनामा २.२७ प्रतिशतले बढेको हो।