

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को चौथो वरियाताका प्रतिस्पर्धी गायक ज्वाला राईले नयाँ साङ्गीतिक सौगात ‘माया जाल’ सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने विक्रम राईको सङ्गीत रहेको छ । देवेश राईले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रूपमा प्रस्तुत हुनुभएको छ ।
‘माया त गर्छु भन्छ्यौ, खै कस्तो छ तिम्रो चाल पो’, ‘हेर्दा त परी जस्ती छ्यौ, थाहा छैन मनकी कस्ती छ्यौ’, ‘भेटेको धेरै भाको छैन, पिरती हामीले लाको छैन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । भिडियोमा मानुषी तामाङ र गायक राईबीच प्रेम र रोमान्सको अभिनयसमेत प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको डीओपी र विशाल थापाको छायाङ्कन रहेको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राईको युट्युब च्यानल ‘ज्वाला राई’मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राईको स्वरमा ‘शीतल शीतल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फूल’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्
हेर्नुहोस भिडियो
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७