TRENDING

धौलागिरी लघुवित्तले साउन २४ गतेबाट आईपीओ जारी गर्ने

काठमाडौं । धौलागिरी लघुवित्तले साउन २४ गतेबाट साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। १० करोड ३१ लाखको जारी पुँजीमध्ये ३ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । कुल ३ लाख ३१ हजार कित्ता साधारण शेयरमध्ये ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको र बाँकी ३ लाख ९ हजार दुई सय ९५ कित्ता सर्वसाधारणले किन्न पाउने संस्थाले जानकारी दिएको छ ।

आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।