TRENDING

चेल्सीमाथि आर्सनलको फराकिलो जित

काठमाडौं। इंग्लिस क्लब आर्सनलले फ्लोरिडा कपको फाइनलमा सहज जित हात पारेको छ । उसले आज बिहान सम्पन्न खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीमाथि ४–० को सहज जित हात पारेको हो । फ्लोरिडास्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा खेलको १२ औं मिनेटमा गाब्रियल जिससको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ३६ औं मिनेटमन मार्टिन ओडेगार्डले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता लियो । ६६ औं मिनेटमा बुकायो साकाले टोलीका लागि तेस्रो गोल गरे । थप गरिएको समयमा अल्बर्ट साम्बी लोकोंगाले गोल गरेपछि आर्सनलले ४–० को सहज जित निकाल्यो ।