

बागलुङ । कोभिड–१९ महामारीका कारण धवलागिरि आँखा अस्पताल बागलुङमा रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि शुरु भएको छ ।
अस्पतालमा हरेक महिनाको २७ गते हुँदै आएको मोतिया बिन्दुलगायत समस्याको शल्यक्रिया गत चैतदेखि हुन सकेको थिएन । शनिबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शल्यक्रियाको काम शुरु गरिएको नेपाल नेत्र ज्योति सङ्घ बागलुङ धवलागिरि आँखा अस्पतालका अध्यक्ष भरत पुरीले बताउनुभयो । नौ महिनापछि पहिलोपटक भएको शल्यक्रियामा ३२ जना बिरामीले सेवा लिएका छन् ।
हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा अस्पतालले बिरामीको शल्यक्रिया शुरु गरेको हो । यसअघि हिमालयन आँखा अस्पताल र नेत्र ज्योती सङ्घ बागलुङको बैठकले नियमित शल्यक्रिया गर्ने निर्णय गरेको थियो । “अब बिरामीको अवस्था हेरेर नियमित शल्यक्रिया हुने व्यवस्था गर्ने निर्णय गरेका छौँ”, अध्यक्ष पुरीले भन्नुभयो, “महिनामा एक पटक शिविरका रुपमा हुँदै आएको शल्यक्रिया अब तीन/चार दिनको फरकमा हुनेछ ।” धौलागिरि आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनसँगै नियमित शल्यक्रियाको थालनी हुने उहाँले बताउनुभयो ।
गलकोट र बुर्तिबाङमा रहेको आँखा उपचार केन्द्रलाई प्रविधियुक्त र सुविधा सम्पन्न बनाएर बिरामीलाई सेवा दिने सहमति भएको छ । “बागलुङको पश्चिमका बिरामी र गुल्मीका बिरामीलाई सहज हुनेगरी गलकोट र बुर्तिबाङमा उपकरण पु¥याउने छौँ”, अध्यक्ष पुरीले भन्नुभयो, “अब अस्पताल र उपचार केन्द्रमा शल्यक्रिया शिविर चल्नेछन् ।”
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७