TRENDING

प्रधानसेनापति शर्मा आज अस्ट्रेलिया जाँदै

काठमाडाैँ। प्रधानसेनापति प्रभुराम शर्मा आज अस्ट्रेलिया भ्रमणमा जाँदै छन्। सिड्नीमा आयोजना हुने रक्षा प्रमुखहरूको वार्षिक सम्मेलनमा सहभागी हुन उनी अस्ट्रेलिया जान लागेका हुन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रक्षा प्रमुखहरूको वार्षिक सम्मेलन २०२२ साउन ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ।

वार्षिक सम्मेलन अस्ट्रेलियाको रक्षा बलको संयोजकत्वमा अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डले आयोजना गर्न लागेको हाे। सम्मेलनमा नेपाली सेना २०५६ सालदेखि सहभागी हुँदै आएको छ। असार ३१ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले प्रधानसेनापतिको भ्रमण स्वीकृत गरेको थियाे। शर्माको अनुपस्थितिमा बलाधिकृत रथि बालकृष्ण कार्कीले कामु प्रधानसेनापतिको कार्यभार समाल्नेछन्।