

काठमाडौं । वाग्मती प्रदेश सरकारले एक घर एक धारा अभियानलाई हरेक स्थानीय तहमा अघि बढाएको छ । साथै सरकारले पछिल्लो दुई वर्षको अवधिमा एक हजार ३३९ किलोमिटर सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालय मातहतका विभिन्न निकायले ८०७ किमी कच्ची र १५५ किमी कालोपत्र सडक निर्माण गरेका हुन् ।
त्यस्तै ३२० किमी ग्राभेल र २४ किमी ढलान सडक निर्माण गरेको मन्त्रालयले जनाएको छ । सो अवधिका विभिन्न ३३ पुल सम्पन्न भएका छन् । आगामी असार मसान्तसम्ममा ५५ पुल सम्पन्न हुने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य ४५ पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मन्त्री फुयाँलले एक घर एक धारा कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा अगाडि बढाइएको, कृषि उत्पादन बढाउन सिँचाइमा जोड दिइएको र प्रदेशभरिका २४ वटा ऐतिहासिक राजकुलाको पुनःनिर्माण, ढुङ्गेधारा, इनार, तालतलैया जस्ता सम्पदा संरक्षण अगाडि बढाइएको बताउनुभयो ।
उहाँले प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्राप्त १२ वटा प्रस्तावको मूल्याङ्कन अध्ययनको अन्तिमक्रममा रहेको तथा सुरुङ निर्माणको बोलपत्र आह्वान गर्न तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्री फुयाँलले सिन्धुलीमाडी – भूमेस्थान – चकमके – कटारी सडकको शिलन्यास गरिएको बताउनुभयो । एक हजार ४५६ किलोमिटर लम्बाइको सडकखण्ड रु ३४ करोड ४१ लाखमा निर्माण सम्पन्न हुनेछ । सो सडक आगामी २०७९ असार २५ सम्म सम्पन्न हुने गरी बोलपत्र स्वीकृत भएको उहाँको भनाइ छ ।
त्यस्तै प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि बस खरिद गर्ने प्रक्रिया प्रारम्भ गरिसकेको मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७