

बनेपा। बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते सङ्घले आगामी भदौ ४ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । उदयमान कराते खेलाडी उत्पादन तथा वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । प्रतियोगितामा पुरुषतर्फ ३५, ४५, ५५ केजीमुनि र खुला तौल समूह तथा महिलातर्फ ३५, ५० केजीमुनि र खुला तौल समूह गरी जम्मा सात बजन समूहमा प्रतिस्पर्धा हुने सङ्घका महासचिव राजन खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभागीय टिम, विभिन्न कराते सङ्घ, डोजोलगायतका निकायबाट करिब २५० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीय हुने दुई खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न पाँच समिति गठन भएका छन् । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घबाट प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि रु १४ लाख ६५ हजार खर्चिने जनाइएको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७