TRENDING

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन तोलाको ९३ हजारमा आइपुगेको छ। यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको भाउ पनि बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।