TRENDING
होमपेज
श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित


काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । मंगलबार श्रीलंकाको संसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपति निर्वाचित गरेको हो । श्रीलंकाको गम्भिर आर्थिक संकटकाबीच राजनीतिक उथलपुथलको अवधि जारी रहेको छ। गोटाबाया राजापाक्षे देश नै छाडेर भागेपछि श्रीलंकाको राष्ट्रपति पदबाट उनले राजीनामा दिएका थिए ।
त्यसपछि भने मंगलबारको संसदद्वारा ७३ वर्षिय विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति बनेका हुन् । उनले २२५ सांसदमध्ये १३४ सासंदहरुको समर्थन पाएका छन्। उनको विपक्षमा उम्मेदवार बनेका सत्तारुढ दलका सासंद दुल्लास अल्लाहपेरुमाले ८२ सासंदहरुको समर्थन पाएका छन् । पाँच दशकको राजनीतिक जीवनमा विक्रमासिंघे पहिलो पटक राष्ट्रपति चुनिएका हुन् । यसअघि उनी ६ पटक प्रधानमन्त्री पनि भइसकेका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७