

काठमाडौं । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यन्नसहित दैनिक उपभोग्यवस्तु आउन थालेका छन् । करिव नौ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर आठवटा टिपरले खाद्यन्न्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका ती टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका थिए ।
यही मङ्सिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले विल्छाको सहायतले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको दोर्जे लामाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गर्त वर्ष हिल्सामै टिपर रोकिएका थिए । ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए । सिमकोटमा रहेका पसलमासमेत चिनियाँ सामग्री अभाव रहेको थियो ।
यस्तै चीनबाट लकडाउन पछि पहिलो पटक १२ वटा गाडी हिल्सासम्म पुगेर सामग्री पु¥याएका थिए । नाम्खा गाउँपालिकाको पहलमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्न चिनियाँ दूतावासँगको समन्वयमा सामान आयात भएको हो । दैनिक उपभोग्य बस्तु लत्ताकपडा चीनको ताक्लाकोट हुँदै हिल्सा पुगेका छन् ।
एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले रु दुई करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका सामान खरिद गरेका थिए । उनीहरुले गाडीमा सामान ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासङ्घका उपाध्यक्ष पेमा लामाले जानकारी दिनुभयो ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७