

काठमाडौं। सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य छ।
सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्। यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्। फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।
हेर्नुहोस भिडियो
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७