TRENDING
होमपेज
आतङ्ककारी आक्रमणमा छ सुरक्षा अधिकारी मारिए


काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा छ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताउनु भएको छ ।
कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ । यस आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना वेपत्ता भएका छन् ।
आक्रमणको बेला भएको यस दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट २५० किलो मिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस आक्रमणको कुृनै टिप्पणी गरेका छैनन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७