

काठमाडौं। चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ। नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ। त्यसैको निरन्तरता स्वरुप आइतबार पनि सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १.९३ अङ्कले बढेर २०११.३९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अङ्कले घटेको छ। आइतबार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से झिनो अङ्कले बढे पनि कारोबार रकम भने घटेको छ।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ। तर यता, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से सामान्य अङ्कले बढेसँगै राधी विद्युत् कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी छ। यता,सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ। अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७