

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कपिलवस्तुको जगदीशपुर तालले यहाँका नागरिकको जीवनशैली बदल्ने बताउनुभएको छ । आज आयोजित ‘बर्ड स्याङ्चुरी’ घोषणा कार्यक्रममा उहाँले जगदीशपुरमा पाहुना चरासँगै मानिसलाई पनि ल्याउनुपर्ने र यहाँका नागरिकको जीवनमा परिवर्तन आउने बताउनुभयो । मुख्यमन्त्री केसीले पाहुना चरालाई बासस्थानसँगै चरालाई यहाँ बसौँबसौँ लाग्ने र प्राकृतिक सौन्दर्यता हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले विसं २०२८ मा स्थानीय नागरिकरूको सिँचाइका लागि निर्माण गरेको तालमा अहिले विश्वव्यापीरूपमा रहेका चराको बासस्थान बन्न सफल भएको स्मरण गर्नुभयो । मुख्यमन्त्री केसीले प्रदेशले बर्ड स्याङ्चुरीको कार्यविधि निर्माण गरिएकाले अब निरन्तर तालको विकास गर्ने बताउनुभयो । उहाँले ताललाई जीवनशैलीसँग जोडेर यहाँका नागरिक आत्मनिर्भर बन्न सक्ने जिकिर गर्नुभयो ।
“ताल क्षेत्रमा सौन्दर्यकरण गरेर पर्यटक आउँदा यस्तो भएछ भनेर चर्चा हुने गरी काम हुने छ”, मुख्यमन्त्री केसीले भन्नुभयो, “कुन चरालाई कुन वनस्पति मन पर्छ त्यही वनस्पति लगाएर विश्वका थप चरा आउने गरी विकास गर्नेछौँ ।” उहाँले लुम्बिनी आउने पर्यटकलाई जगदीशपुर ल्याई घुमाउने वातावरण सिर्जना गरिने बताउनुभयो । देशकै ठूलो सम्पदाका रूपमा जगदीशपुर ताललाई हेर्न सकिने भएकाले यहाँका नागरिकले पाहुनाघर, घरबास, होटल निर्माण गरी आयआर्जनसँग जोडिन सक्ने मुख्यमन्त्री केसीले बताउनुभयो । फरक प्रसङ्गमा मुख्यमन्त्री केसीले पछिल्लो समयमा केही मान्छेहरूले सङ्घीयता चाहिँदैन भनी भ्रम फैलाएको बताउनुभयो । उहाँले लाखौँ जनताका कारणले सङ्घीयता आएकाले यो व्यवस्थाका विरुद्ध ठूलै शक्ति लागिपरेको जिकिर गर्नुभयो ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७