TRENDING
होमपेज
मंगलबार सुनको मूल्य सामान्य गिरावट


काठमाडौं । नेपाली बजारमा (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । तोलामा २०० रुपैयाँ घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार तोलामा १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ प्रतितोला कायम भएको थियो। मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७