TRENDING

साउन ४ गतेबाट श्वेत गंगा हाइड्रोपावरको आइपीओ आउँदै

काठमाडौं।  श्वेत गंगा हाइड्रोपावरको आइपीओ साउन ४ गतेबाट निष्कासन हुने भएको छ | यस कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो | यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन हुनेछ |

जसमा (५ % ) १ लाख १९ हजार ४७५ कित्ता सामुहीक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । साउन ४ गतेदेखि खुल्ने यस आइपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । श्वेत गंगाको आइपीओमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ | रेटिङ एजेन्सी कियर नेपालले यस कम्पनीको आइपीओलाई ‘कियर-एनपी डबल बी’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।