

काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) सिरिजको पहिलो खेलमा नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य छ । लिग टूअघि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेलेको थियो ।
नेपाल उक्त खेलमा पराजित भएको थियो । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । यता नामिबिया पनि आज पहिलो जित निकाल्ने योजनामा हुनेछ । लिग टू को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७