

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान जियाञ्चाओ आज नेपाल आउदै छन्् । लिउ चार दिने नेपाल भ्रमणमा रहनेछन् । उनी आठ सदस्यीय टोली लिएर आउदैछन । ५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कूटनीतिज्ञ हुन् । गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले नेपालका राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरेका थिए । लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ गते परराष्ट्र मन्त्री नारायण खड्कासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।
नेपालमा नेपाल कम्युनिस्ट पार्टी बनाउन चीनको मुख्य भूमिका रहेको मानिन्छ । तर नेताहरूका व्यक्तिगत स्वार्थीका कारण नेकपा टिक्न सकेन विभाजनको सङ्घारमा पुगेको थियो । अहिले चीनले नेपाली काङ्ग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।कूटनीतिक स्रोतका अनुसार चार दिने नेपाल भ्रमणमा आउन लागेका लिउको मुख्य उद्देश्य वाम गठबन्धनका लागि बल र्पुयाउनु रहेको छ । नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७