

काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार सम्ममा २७ जनामा हैजा पुष्टि भएको छ । उपत्यकाको बागबजारसँगै डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको सानेपा क्षेत्रमा हैजा फैलिएको छ। यससँगै हैजाका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा हैजा देखिएको हो । हैजा देखिएकामध्ये दुई जना ५ वर्षमुनिका बालबालिका रहेका छन् । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको सङ्ख्या बढ्दै आएको छ ।
अहिले बागबजारसँगै काठमाडौंको डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको सानेपा क्षेत्रमा हैजाका बिरामी देखिएका हुन । त्यस्तै, ५ देखि १४ वर्षसम्मका चार बालबालिकामा हैजा देखिएको छ। यसै गरी ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ। अन्य बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७