काठमाडौं। वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ ।
कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क टिकट र भिसामा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएर रु २५ हजारदेखि रु दुर्ई लाखसम्म रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कानुको डेराबाट नेपाली रु तीन लाख र भारतीय रुपैयाँ एक लाख ४८ हजार नगद तथा आइएमईका कागजातसहित नियन्त्रणमा लिई ठगीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । कानुले रकम हात पार्न आफ्नो नागरिकता प्रयोग नगरी अन्य व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरेर आइएमईमार्फत रकम झिकेको उजुरीका आधारमा डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८