TRENDING

बुधवार सुनचाँदीको मूल्यमा उच्च गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।
मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर ९६ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भउा आज ९५ हजार ५०० रुपैयाँमा कारोबार गर्न सकिनेछ । यता, चाँदीको भाउ समेत आज प्रतितोला ३० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार १७५ रुपैयाँमा कारोबार हुने भएको छ ।