

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको तथा त्यसको सीसीटीभी फुटेज माग्दा ‘डिलिट भएको’ जवाफ फर्काएपछि अर्थमन्त्री जनार्दन शर्माको आलोचना उत्कर्षमा पुगेको छ । सोही विवादलाई लिएर सडकमा समेत उनको राजीनामा माग गरिएको छ । मंगलवार युवा संघले राजीनामा माग गर्यो । अनधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गरिरहेका उनले मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनमै डिलिट भएको जवाफ दिएपछि चौतर्फी विवाद बढेको हो । सीसीटीभी जडान तथा कार्यविधि २०७२ अनुसार ३ महीनासम्म यस्तो भिडियो सुरक्षित राख्नुपर्ने प्रावधान छ । तर, १३ दिनमा नै सीसीटीभी फुटेज ‘डिलिट’ भएको जवाफ अर्थमन्त्रीले दिएपछि उनीविरुद्ध आक्रोशसमेत बढेको छ । त्यस्तो फुटेजलाई पुनः फर्काउन सकिने भए पनि अर्थमन्त्री आफ्नै अडानमा कायम छन् ।
सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानविन समिति गठन गर्न माग गरेपछि अर्थमन्त्री शर्मामाथि राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको छ । सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अथवा प्रधानमन्त्रीले हटाउनु पर्र्ने माग उठ्न थालेको छ । कांग्रेस स्रोतका अनुसार आगामी २७ गते हुने केन्द्रीय समितिको बैठकमा समेत अर्थमन्त्रीले तत्काल राजीनामा दिएर छानविनमा सघाउनुपर्ने वा प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउनुपर्ने माग उठ्नेछ । प्रमुख प्रतिपक्षी दल, सत्ता सहयात्री कांग्रेस र नागरिकस्तरमा बढ्दै गएको अर्थमन्त्रीको विरोधका कारण माओवादी केन्द्रभित्र शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउन चर्कै दबाब बढेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७