

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले आज पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिनुभयो । उहाँले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाईचुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
“ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो”, उहाँले भन्नुभयो । शर्माले ठमेलभित्रको स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो ।
ठमेलभित्र व्यवस्थित पार्किङ, ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकको आकर्षक केन्द्र बनाउन गोलमेच सम्मेलन गर्ने, ठमेलका समस्या थाहा पाउनका लागि गुनासो बक्स स्थापना गर्ने, ठमेलभित्रका व्यवसायी र घरबेटीलाई तालिम प्रदान गर्ने, पर्यटन व्यवसायी कार्ड उपलब्ध गराइने बताइएको छ । तारको व्यवस्थापन र होर्डिङ बोर्डलाई व्यवस्थित बनाइने शर्माले बताउनुभयो ।
अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेदवार शर्माले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार शर्मा ठमेल पर्यटन विकास परिषद्को सदस्य, महासचिव र उपाध्यक्ष भइसक्नुभएको छ । विसं २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ८०० भन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् । परिषद्को २७ औँ साधारणसभा एवं निर्वाचन यही असार ३२ गते काठमाडौँमा हुँदैछ ।
पर्यटनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
अन्नपूर्णले पोतेको खुसीका रङ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७