TRENDING
होमपेज
अभिनेत्री साम्राज्ञी बेलायत उडिन


काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत उडेकी छन् । फिल्म ‘लण्डन टु पेरिस’ छायाँकनको लागि उनी सोमबार बेलायत उडेकी हुन् । आगामी सातादेखि बेलायतका विभिन्न शहरमा छायांकन हुने फिल्मका लागि उनको साथमा अभिनेता कबीर खड्का र निश्चल खड्का पनि बेलायत उडेका छन् । फिल्म घनश्याम लामिछानेले निर्देशन गर्न लागेका हुन् । फिल्मका लागि निर्देशक लामिछाने केही दिन अगाडि बेलायत पुगिसकेका छन् । कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेको फिल्म एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुनेछ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का मुख्य भूमिका रहने फिल्म अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका अजित सिंह सह–निर्माता हुन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७