TRENDING

सोमवार सेयर बजारमा सामान्य करेक्सन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । यस दिन नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको । कारोबार रकममा भने यस दिन उछाल आएको छ । बजार खुलेको सुरुदेखि नै बढेको नेप्से करिब बन्द हुनुभन्दा आधा घण्टा अगाडिदेखि ओरालो लाग्न थालेको थियो ।यस दिन बजार २१४८ बिन्दु पुगेर फर्किएको हो । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सेयर बजारमा सामान्य करेक्सन देखिएको छ ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक २.६८ अंकले घटेर ३९६.१५ बिन्दुमा झरेको छ ।सोमबार कुल २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर खरीदबिक्री हुँदा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबार रकममा भने उछाल देखिएको छ । एक अर्बको हाराहारीको मात्र कारोबार हुने गरेको बजारमा आज ४ अर्बभन्दा माथिको कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये ४ समूहको मात्र सेयरमूल्यमा वृद्धि देखिएको छ भने बाँकी ९ वटा सूचक घटेको छ ।यस दिन जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा समूह र व्यापार समूहको मात्र सेयरमूल्य बढेको छ ।

आज शिवम सिमेन्टको सर्वाधिक १७ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, अरुण कावेली, अप्पर तामाकोशी हाइड्रोपावरले पनि सर्वाधिक कारोबार गरेका छन् ।

बजारमा सामान्य करेक्सन देखिँदा सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, ङादी ग्रुप पावर, सामलिङ पावर कम्पनी, साल्ट ट्रेडिङ कम्पनी, विशाल बजार कम्पनी लगायतका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।सोमबार ग्लोबल आईएमई बैंकको ऋणपत्र २०८६/६७, युनियन हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, मैलुङ खोला जलविद्युत लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।