

काठमाडौं । क्यानाडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपालले क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हरायो । उक्त क्लबसँग नेपालले पहिलो खेलमा एक दिवसीय फर्म्याटको र दोस्रो खेलमा टी–२० को फर्म्याटमा खेलेको हो । पहिलो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।
भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ्स खेले । नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १–१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।रोहितले अविजित ७१ रनको योगदान दिए । उनले ३१ बलमा ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे । पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १–१ विकेट लिए ।
अब नेपालले क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एक दिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल मंगलबार र दोस्रो खेल बुधबार हुँदैछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ । स्कटल्याण्डमा हुने उक्त श्रृंखलामा नामिबिया पनि संलग्न हुनेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७