

काठमाडौं। पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार असार १ गते एक प्रतिशतभन्दा कम भएको सङ्क्रमणदर असार ५ बाट बढेर २ प्रतिशतको हारहारीमा पुगेको थियो।
मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते ०.६४ प्रतिशत, असार ५ गते बढेर १.१३ प्रतिशत थियो। असार १९ गते आइतबार दुई हजार १२० जनाको आरटी पीसीआर र एन्टिजेनबाट परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्क्रमणदर २.५ प्रतिशत हो।
सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा १८ जना छन्। त्यसैगरी, ललितपुरमा सात, धनुषामा तीन, भक्तपुरमा दुई, कास्कीमा दुई, सर्लाही, काभे्र, चितावन, सिन्धुपाल्चोक, स्याङ्जा, बाँके र कैलालीमा एक–एकजनामा कोरोना पुष्टि भएको छ।
उमेरअनुसार २१ देखि ३० वर्षका १०, ४१ देखि ५० वर्षका ९, ३१ देखि ४० का ५, १० वर्षसम्मका २, ११ देखि २० एक, ५१ देखि ६० वर्षका ४ र ६१ देखि ७० का दुई जनामा कोरोना पुष्टि भएको छ। असार १ गतेदेखि १९ गतेसम्म एन्टिजेन र पीसीआर परीक्षण गर्दा ६८४ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा २८४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यस अवधिमा कोरोना सङ्क्रमित कसै पनि मृत्यु भएको छैन।
सङ्क्रमण दर बढ्नुको कारण
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन नेपालमा पुष्टि भएका भेरियन्टभन्दा अलग भेरियन्टको कारणले गर्दा नेपालमा सङ्क्रमणदर बढ्नेको हुनसक्ने बताउनुहुन्छ। चिकित्सकका अनुसार खोप लगाउँदैमा रोग नलाग्ने होइन, खोप लगाएकालाई सङ्क्रमण भए पनि त्यसबाट हुने जोखिम कम हुनुका साथै मृत्युदर घटाउँछ। कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरु बीए फोर र बीए फाइभका कारण छिमेकी देश भारत लगायत अन्य मुलुकमा सङ्क्रमणदर बढ्दो क्रममा रहेको छ।
भारतमा खुला सीमा र अन्य देशमा पनि मानिसको आवजजावत बढेकोले सोही भेरियन्ट त देखिएको होइन भनेर धेरैले आशंका गरेका छन्। सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पनले नेपालमा पुष्टि भएका भेरिएन्ट भन्दा अलग भेरिएन्टको कारणले गर्दा नेपालमा सङ्क्रमणदर बढ्नेको हुनसक्ने बताउँछन्।
उनले भने, “भारतलगायत अन्य देशमा पनि ओमिक्रोनको नयाँ प्रजाति बीए फोर बीए फाइभको सङ्क्रमण फैलिएको छ। नेपालमा विदेशबाट आउने सङ्ख्या पनि बढ्दो र खुला सीमाका कारण नेपालमा पनि यो प्रजाति फैलिएर सङ्क्रमण दर बढ्एको हो कि भन्ने शङ्का लागेको छ।”
यो भेरियन्ट नेपालमा देखिएको भए पनि दोस्रो र तेस्रो लहरमा जस्तै अवस्था नआउने डा.पुनको भनाइ छ। डा.पुनले भने, “सङ्क्रमणदर बढे पनि यसले खासै अस्पतालमा भर्नादर र मृत्युदर निकै कम विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ। यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले खोप लगाइसकेकाले पहिलाको जस्तो आउँदैन।’’ अध्ययनहरुले कोरोना विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरको एन्टिबडी विस्तारै कम हुँदै जाने देखाएको छ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७