

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र जवान पदमा गत साल खुलेको विज्ञापनमा केही संख्या थप गरे पुनः सूचना प्रकाशन गरिएको छ । आज आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएको हो ।
उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसमै ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरेको उक्त सूचनामा जनाइएको छ । यसैगरी गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ । यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।
हेर्नुहोस यो विज्ञापन
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७